नेपालद्वारा मलेसिया १९ रनले पराजित

१६ भदौ ०७५, काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ ।

शनिबार मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा आयोजक मलेसियालाई नेपालले १९ रनले पराजित गरेको हो ।

वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै मलेसियासामु १८८ रनको स्कोर खडा गरेको थियो ।

नेपालले सुरुमा खराब ब्याटिङ गरे पनि पछिल्लो क्रमका ब्याटस्म्यानले सुधारिएको खेल प्रदर्शन गरेका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८७ बलमा १०१ रनको साझेदारी गरेपछि नेपालले १८८ रनको स्कोर बनाएको हो ।

१८९  रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनायो ।

ओमान र युएईसँग पराजय व्यहोरेको नेपालले मलेसियालाई पराजय गरेसँगै एसिया कपको छनोटको सम्भावनालाई जीवितै राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत