पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु

१८ भदौ ०७५, सल्यान । सल्यानमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ ।

बाग्चौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरो स्थानीय बालाराम डाँगीको घर पुरिँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय छोरी मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् ।

अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले दुई तले घर पहिरोले च्यापिएको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए ।

वर्षाका बेला घरमाथिबाट थप पहिरो आउने खतराले गर्दा कसैले उद्धार गर्न नसकेको र वर्षा रोकिएपछि सोमबार बिहान मात्रै इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले शव निकालेको शाहीले बताए ।

आइतबार बेलुकी झन्डै सात बजेतिर उनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए । बाबुआमा भने बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत