अबदेखि राजदूतका लागि पनि शैक्षिक योग्यता लागू हुने

१९ भदौ ०७५, काठमाडौं । अब राजदूत हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूतको योग्यता र नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका तयार गरेको हो ।

निर्देशिका अनुसार अब राजदूत हुनका लागि कम्तीमा ‘मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण’ हुनुपर्नेछ भने उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष तोकिएको छ । कालोसूचीमा परेका वा नैतिक पतन हुने काम गरेका राजदूतमा सिफारिस हुने छैनन् ।

उम्मेदवारमा ‘नेपालको परराष्ट्र नीति, अन्तराष्ट्रिय सम्बन्ध, द्विपक्षीयरबहुपक्षीय कूटनीतिक आयामका साथै अंग्रेजीको राम्रो ज्ञान हुनुपर्नेछ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्न तयारी गरेको निर्देशिका अनुसार विदेशी मुलुकले नियुक्त गरी सेवा गरेका व्यक्तिलाई काम छाडेको १० वर्ष नपुगी राजदूत हुन नपाउने व्यवस्थासमेत गरेको छ ।

त्यस्तै, निर्देशिकाले राजनीतिक नियुक्तिलाई ५० भन्दा बढी नहुने व्यवस्था गरी बाँकी पदपूर्ति परराष्ट्रकै कर्मचारीबाट हुनुपर्ने र कुनै मुलुकमा राजदूत पद खाली हुनु तीन महिनाअघि नै नियुक्तिको प्रक्रिया थाल्ने व्यवस्था पनि निर्दे्शिकाले गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत