७ यात्रु बोकेको अल्टिच्युटको हेलिकोप्टर धादिङमा दुर्घटनामा

२३ भदौ ०७५, काठमाडौं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङको वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ ।

शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए । एकजना यात्रु सम्पर्कमा आएको र उनले हेलिकोप्टर दुर्घटना भएको र आफू सकुशल रहेको बताएको तिवारीले बताए ।

क्याप्टेन निश्ल केसीले उडाइएको कल साइन ढल्ब्ीक् कल साइन हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले १२ बजेतिर अल्टिच्युडएयरको उद्धारका लागि गएको हेलिकप्टरले दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङको मेघाम डाँडाको जंगलमामा देखिएकोे जानकारी दिएका छन् । जगंलमा रुखका हाँगा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकोटाले बताए ।

काठमाडौंबाट श्री एयरको हेलिकप्टरमा गएको मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल आसपासमा छ । सिम्रिक एयरको हेलिकप्टरले डोरीबाट उद्धार गर्ने शेर्पा गाइडहरुको टोली लिएर गएको प्रवक्ता तिवारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत