५ हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

२७ भदौ ०७५, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घुससहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो अख्तियारको टोलीले इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायब निरीक्षक (सई) रामबाबुप्रसाद यादवलाई ५ हजार घुस लिदै गर्दा रङ्गेहात पक्राउ गरेको हो ।

भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट घुस लिदै गर्दा सई यादवलाई रामगोपालपुरबाट पक्राउ गरेको हो । घुससहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भईरहेको जनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत