इन्धन वितरणमा कोटा प्रणाली हटाइयो

७ असोज ०७५, काठमाडौं । नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ ।

शनिबार चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले कोटा प्रणाली हटाएको हो ।

नेपाल आयल निगमले कोटा प्रणाली हटेसँगै आइतबारबाट उपभोक्ताले मागेजति तेल पाउने बताएको छ ।

इन्धन अभावले पेट्रोल पम्पमा सवारी साधन लामलागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत