टिकाभैरवको सल्लाडाडाँमा मिनीटाटा दुर्घटना: दुईजना घाइते

७ असोज ०७५, ललितपुर । टिकाभैरवको सल्लाडाडाँमा मिनीटाटा दुर्घटना हँदा दुईजना घाइते भएका छन् ।

आइतबार बिहान चापागाउँबाट लेलेतर्फ गइरहेको बा १ ख ९३४७ नम्बरका मिनीटाटा सल्लेडाँडामा दुर्घटनामा हुँदा ठैब बस्न २३ वर्षीय चालक प्रविण देशार र काभ्रेका १८ वर्षीया सहचालक लोप्साङ तामाङ घाइते भएका हुन् ।

उनीहरु दुबैको आनन्द वन अस्पतालमा उपचार भइरहेको छ । चालक देशारको दायाँतिरको कम्मरको हड्डी चर्किएरको छ भने सहचालक तामाङको सामान्य उपचारपछि डिस्चार्ज भइसकेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिए ।

ब्रेक फेल भएर मिनी टाटा सडकबाट करिव १ किलोमिटर तल खसेको हुँदा मिनी टाटा क्षतिग्रस्त भएको डीएसपी खिउजुले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत