तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

८ असोज ०७५, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते भएकी रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार राति  १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो ।

चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २६ गते मंगलबार राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने सामान्य भएकाले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत