कञ्चनपुर घटनाः छानविन समितिले बुझायो प्रतिवेदन

९ असोज ०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।

हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई मंगलबार प्रतिवेदन बुझाएका हुन् ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखाएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको आधारमा अनुसन्धानलाई अघि बढाइने बताए ।

निर्मलाको कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत