विद्यालयको पुनर्निर्माणपछि विद्यामन्दिर माविलाई भवन हस्तान्तरण

१० असोज ०७५, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

मंगलबार विद्यालयमा आयोजित भव्य कार्यक्रमकाबीच जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले विद्यालयका प्रधानाध्यापक माधव गौतमलाई विद्यालय भवन हस्तान्तरण गरेका हुन् ।

विद्यालय हस्ताणतरण गर्दै ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुनर्निमाणका लागि २०७४ मंसिर २५ को सम्झौता अनुसार १ करोड, ७ लाख, ५ हजार, २ सयमा आठकोठे दुईतले अत्याधुनिक भवन र शौचालय निर्माण गरेको थियो ।

नवनिर्मित विद्यालय भवन हस्तान्तरण गर्दै आयोजना कार्यान्वयन इकाई प्रमुख रायमाझीले माघ १५ मा निर्माण सम्पन्न हुनुपर्ने विद्यालय भवन ४ महिना ६ दिन १३ घण्टा छिटो हस्तान्तरण गर्न आफूहरु सफल रहेको बताए ।

कार्यक्रममा बोल्दै रायमाझीले यो एउटा गतिलो शुरुवात मात्रै भएको र यही महिनाबाट भटाभट नवनिर्मित विद्यालय भवन हस्तान्तरण अभियान शुरु हुन स्पष्ट पार्दै उनले अब काठमाडौंमा बालबालिकाहरुको छिट्टै अस्थायी टहरामा पढ्नुपर्ने बाध्यता अन्त्य हुने बताए ।

हिजो के भयो मलाई थाहा भएन इकाईमा म आएपछि काममा तिव्रता आएको छ, उनले थपे– यहाँ जस्तै अन्य विद्यालयहरुमा पनि निर्धारित भन्दा छिटो भवनहरु निर्माण भइरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक माधव गौतमले यसअघि भौतिक पुर्वाधारको जोगाडमा धेरै ध्यान दिनुपरेको भएपनि अब भवन पाएपछि सिकाइ सुधारमा मात्रै केन्द्रीत हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले भूकम्प प्रभावित मध्ये काठमाडौं कै पहिलो विद्यालय भवन हस्तान्तरण विद्या मन्दिर माविबाट शुरु हुनु सकारात्मक विषय भएको बताए ।

यसवर्ष विद्यालय व्यवस्थापन समिति मार्फत ३९ वटा, एसियाली विकास बैंक मार्फत ११, चाइनिज राजदुतावास मार्फत ५३ र युएसआइडी मार्फत २ विद्यालय पुनर्निर्माण सम्पन्न कार्यान्वयन  भइसक्ने इकाईले जनाएको छ ।

त्यस्तै, कार्यान्वयन इकाईले सेतीदेवि मावि दक्षिणकाली–९ र श्रीकृष्ण मावि दक्षिणकाली–८ को भवन पुननिर्माण सम्पन्न भइसकेकाले आगामी असोज १२ गते विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत