गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

१२ असोज ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटवार्ता ।

शुक्रबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।

गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

भेटमा गृहमन्त्रीले नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, साँस्कृतिक हरेक क्षेत्रमा ऐतिहासिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए ।

भेटमा मन्त्री प्रधानले दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गरेका छन् ।

शिष्टाचारमा भेटमा नेपालका लागि भारतीय राजदुत रणजित राय पनि सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत