प्रदेश ७ को नाम र राजधानीकोे टुंगो लगाउन मतदान हुने

१२ असोज ०७५, काठमाडौं । प्रदेश ७ को नाम र राजधानीकोे टुंगो लगाउन आज मतदान हुने भएको छ ।

शुक्रबार विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुंगो लगाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उक्त प्रतिवेदनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले असहमति जनाएपछि नाम र प्रदेश राजधानीको टुंगो लगाउन मतदान हुन लागेको हो ।

नेकपाले आफ्ना सांसद्हरुलाई आधा घण्टा अगाडि नै संसद् भवनमा पुग्नुका साथै प्रदेश नाम र प्रदेश राजधानीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरी ५३ सांसद छन् ।

विशेष सुझाव समितिले राजाधानीको नाम सुदूर पश्चिम र राजधानी गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न सिफारिस गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत