भारतीय पेट्रोलियम मन्त्री नेपालमा

१२ असोज ०७५, काठमाडौं । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपाल आएका छन् ।

पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको आयल निगमका प्रवत्ता वीरेन्द गोइतले जानकारी दिए ।

प्रवक्ता गोइतका अनुसार शुक्रबार अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका बिषयमा विभिन्न निकायसँग छलफल हुनेछ ।

त्यस्तै, मन्त्रीसहितको टोलीले निर्माणधीन पेट्रोलियम पाइपलाइन, ग्यास सम्बन्धी छलफल र अवलोकन गरी समीक्षा समेत गरिने छ ।
यसअघि बुधबार हुने भनिएको नेपाल र भारतका उच्च अधिकृतबीचको बैठक अन्तिम क्षणमा स्थगित भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत