जितियाले गर्दा माछाको कारोवार दश गुणा बढी

१५ असोज ०७५, राजविराज । खास गरी मैथेली महिलाले सन्तानको सुख, शान्ति, दिर्घायु र समृद्धिका लागि मनाउने महान पर्व जितिया  सोमवारदेखि विधिवत सुरु भएको छ ।

माछा पसल ।

असोज कृष्ण पक्ष सप्तमीमा मनाईने यस पर्वमा ब्रतालु महिलाहरु कठोर ब्रत बसी जिमुत वाहन देवताको विधिवत पुजा अर्चना गरे सन्तानको लामो आयु हुनुका साथै सुख, शान्ति र समृद्धिको प्राप्ति हुने जनविश्वास छ । यो पर्वमा ब्रतालु महिलाहरुले जिमुत वाहन देवतालाई तेल, खैयर (तेल र पिना) चढाएर पुजा प्रारम्भ गर्ने चलन छ ।

जितियाको पहिलो दिन सोमवार, नुहाई खुवाई सम्पन्न भएको छ । यस क्रममा नुहाएर चोखो भएपछि नजिकको जलाशयमा घिरौला र झिगनीको पातमा तेल र खैयर चढाएर त्यस पश्चात मरुवाको रोटी, माछा, भातसँगै विभिन्न परिकार पकाएर ब्रतालु महिलाले भोजन गरेर पर्वको सुरुवात गरेका छन् ।

दोश्रो दिन मंगलवार, दिन र रातभरी निराहार ब्रत बसी निष्ठापुर्वक जिमुत वाहन देवताको पुजा र कथा वाचन गर्ने चलन छ ।

तेश्रो दिन वुधवार, ब्रतालु महिलाले शुभ मुहुर्तमा पारण गर्दै जितिया पर्वको ब्रत समाप्त गर्ने गर्छन । यस क्रममा फलफुल, केराउ, अरुवा चामल चढाएर पारण गरेपछि मात्र भोजन गर्ने परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताए ।

सन्तानको दिर्घायु र सुख शान्तिको लागि मनाईने जितिया पर्व मधेशी संस्कृतिको पर्व मध्येको एउटा मुख्य पर्व मानिन्छ । यता यस पर्वमा व्रत बस्नुपूर्व माछा खाने चलन भएकाले सदरमुकाम राजविराज ४ स्थित माछा बजारमा मात्र १४ लाख भन्दा बढीको माछा बिक्री भएको माछा व्यवसायीहरुले बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत