पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा

१४ असोज ०७५, काठमाडौं । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ ।

वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो ।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएकोले अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरणमैंत्री सफा ट्याम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।

६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत