१६ असोज ०७५, काठमाडौं । बानेश्वरमा रहेको संगम स्वीटस मिठाई पसलमा सिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले मिठाई बनाउनका लागि कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल प्रयोग गरेको फेला परेपछि मिठाई पसल बन्द गरेको हो ।
अनुगमनको क्रममा मिठाइ बनाउने स्थानमा ‘वन्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ ।
विभागले अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडा रंग्याउन प्रयोग गरिने वस्तु भएको प्रमाणित भएको जनाएको छ ।