निर्मलाको न्याय माग्दै सिंहदरबारको गेटमै प्रदर्शन

१८ असोज ०७५, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ ।

निषेधित क्षेत्रमा पर्ने सिंहदरबार दक्षिण गेटमा प्रदर्शकारीहरु योजनावद्ध रुपमा जम्मा भइ एक्कासी गेट अगाडि पुगेर ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका हुन् । उनीहरूले करिब आधा घन्टा प्रदर्शन तथा नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत