प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१८ असोज ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी भएर स्वदेश फर्केका छन् ।

प्रधानमन्त्री ओली बिहीबार अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

प्रधानमन्त्रीको स्वागतका लागि राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा  र नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत असोज ६ गते प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै अमेरिकाको न्यूयोर्क गएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत