प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस् – नेकपाका निकट विद्यार्थी संगठन

१९ असोज ०७५, काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियूले प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले बिहीबार दिउँसो गृह मन्त्रालय पुगेर प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाएको हो ।

प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रंजित तामाङसहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनताको जिउधनको सुरक्षा र सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

विद्यार्थी संगठनले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष समेत सार्वजनिक गर्नु पर्ने उल्लेख गरेका छन् ।

ज्ञापन-पत्रको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत