बैंकिङ कसूरमा दोषी तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक पक्राउ

१९ असोज ०७५, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको पुष्टि गर्दै थप विवरण सार्वजनिक गरिने बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट जम्को प्रकाशनका नाममा साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

पुनरावेदन अदालत पाटनले ०७३ असोज ४ गते ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत