हायस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १५ घाइते

२० असोज ०७५, घोराही । दाङको तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको हायस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भने १५ जना घाइते भएका छन् ।

शनिबार तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हायस विपरीत दिशातिरबाट आइरहेको लु १ ख ७७२९ को ट्रकसँग बाँकेको अगैया ठुटे जंगलमा ठोक्किएको हो ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर टेक्सी तथा मिनीबस, बस व्यवसायी समितिका अध्यक्ष पवनकुमार बुढाथोकीका अनुसार मृत्यु हुनेमा हाइस चालक तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुरका ३३ वर्षीय बलराम चौधरी, शान्तिनगर गाउँपालिका ७ धनौरीका २७ वर्षीय तुलसीराम रावत, ५१ वर्षीया मुना रावत, तुलसीपुर ८ का २७ वर्षीया वसन्ती चौधरी, शारदा नगरपालिका ५ सल्यानका २९ वर्षीया द्रोर्णा बुढाथोकी र तुलसीपुर ५ का ५० वर्षीया नारायण श्रीस मगर रहेका छन् ।

तिब्र गतिको हायसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको घाइतेले बताएका छन् ।

१५ घाइतेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बाँके प्रहरीले जनाएको छ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत