गाउँपालिकाको मोटर साईकलको दुरुपयोग उपाध्यक्षबाट

२१ असोज ०७५, राजविराज । महादेवा गाउँपालिकाले उपाध्यक्षलाई उपलब्ध गराएको मोटरसाईकल आफना आफन्तलाई प्रयोग दिएको पाइएको छ ।

गाउँपालिकाले उपाध्यक्ष ममता कुमारी यादवलाई उपलब्ध गराएको को.३७ प.१५७३ नं. का मोटरसाइकल आफुले प्रयोग नगरी ससुरा दानालाल यादवलाई व्यक्तिगत रुपमा प्रयोग गर्न दिएरे दुरुपयोग गरिरहेको हो ।

स्थानीयका अनुसार गाउँपालिकाले उपाध्यक्षलाई मोटरसाईकल खरिद गरेर उपाध्यक्षलाई उपलब्ध गराएको मोटरसाईकल उनले आफना ससुरालाई व्यक्तिगत रुपमा प्रयोग गर्न दिएको बताए ।

मोटरसाईकल गाउँपालिकाको न्यायिक समितिको संयोजक समेत रहेको उपाध्यक्षलाई मोटरसाईकल गाउँपालिकाको काममा सहयोग पुग्ने उद्देश्यले उपलब्ध गराएकोलाई उनले आफना आफन्तहरुलाई व्यक्तिगत रुपमा प्रयोग गर्न दिएर गाउँपालिकाको मोटरसाईकको दुरुपायोग गरिएको मो. तजमुलले बताए ।

यस्ता गतिविधिलाई कम गर्न गाउँपालिकाका जिम्मेबार व्यक्तिले यसतर्फ पहल कदमी अगाडि बढाउनु पर्ने स्थानीय बासीको माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत