पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि

२१ असोज ०७५, काठमाडौं । सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार र कर्मचारीको २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो ।

आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक थियो ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको मन्त्री बाँस्कोटाले बताए । रासस

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत