मुसीकोटमा गोरुले हान्दा खड्काको मृत्यु

२२ असोज ०७५, रुकुम । आफैले पालेको गोरुले हान्दा मुसीकोटमा एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान मुसीकोट नगरपालिका–९, घोरनेटीका ५२ वर्षीय केवलसिङ खड्काले आफैले पालेको गोरु लिएर छिमेकी झकप्रसाद खड्काको बारी जोत्न गएकाब बेला गोरुले हान्दा मृत्यु भएको हो ।

गोरुले हानेपछि खड््कालाई घरमा नपु¥यााउँदै मृत्यु भएको वडा अध्यक्ष नबीन ओलीले जानकारी दिए । खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत