हृयुम पाइपले किच्दा एकको मृत्यु, ३ घाइते

२३ असोज ०७५, विरगञ्ज । विरगञ्जमा हृयुम पाइपले किच्दा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रा लिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिए सोमबार बालमुकुन्द राउत चौधरीका आठ वर्षीय छोरा रोहित चौधरीको मृत्यु भएको हो । घटनामा तीन बालिका गम्भिर घाइते भएका छन् ।

घाइते भएका चारजना बालबालिकामध्ये वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी र वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव घाइते भएकी छन् ।

१० वर्षकी चौधरी दिदीबहिनीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवैलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ ।

अर्की गम्भीर घाइते आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

सोमबार साँझ साढे ५ बजेतिर लालबंगला परिसरमा खेल्ने क्रममा ह्युम पाइपले चार जना बालबालिकालाई च्यापेपछि तत्कालैे उद्धारका लागि घटनास्थलमा चारवटा लोडर र एउटा डोजरकोे मद्धतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र वीरगन्ज महानगरका कर्मचारीले उद्धार गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत