सुनकोसीमा बस खस्दा १ को मृत्यु, ७ घाइते

२६ असोज ०७५, काठमाडौं । सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको यात्रु बस सुनकोसी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

सुपर बासुकीको ना.६ ख ९१२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटसाइकलसँग एक आपसमा ठोक्किदा सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खसेको हो ।

घटनास्थलबाट ७ जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाईएको र नदीबाट एउटा शव निकालिएको स्थानीय मिन श्रेष्ठले जानकारी दिए । घाईतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर र ३ जनाको अवस्था सामान्य रहेको छ ।

मृतक र घाइतेको भने नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय खुर्कोटमा प्रमुख इन्स्पेक्टर असोककुमार झा ले जानकारी दिए ।

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, ४४ घाइते

नुवाकोटको दुप्तेश्वर–३ झगडेबाट त्रिशुली जाँदै गरेको बा १ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी–५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

घाइते मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको र अन्यको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत