काँग्रेसले वास्तोलाको निधनमा तीन दिन शोक मनाउने

२८ असोज ०७५, काठमाडौं । नेपाली कांग्रेसले नेता तथा पूर्वमन्त्री चक्रप्रसाद वास्तोलाको निधनमा तीन दिन शोक मनाउने भएको छ ।

असोज २८, २९ र ३० गते पार्टीको केन्द्रीय कार्यायल र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने र श्रद्धाञ्जली कार्यक्रमबाहेक कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

त्यस्तै असोज २९ गते केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने १३ औं दिनमा केन्द्र र जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।

६ वर्ष अघिदेखि मस्तिष्कघातबाट पीडित बाँस्तोलाको शनिबार ललितपुरको खुमलटारस्थित निवासमै निधन भएको थियो । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा राखि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत