कार्यपालिकाको बैठक बस्ने स्थानको विषय लिएर महादेवामा विवाद चर्कियो

२९ असोज ०७५, राजविराज । महादेवा गाउँपालिकाको कार्यपालिकाको बैठक बस्ने स्थानको विषयलाई लिएर विवाद चर्केर गएको छ ।

कार्यपालिकाको बैठक बथनाहा स्थित वडा नं. ३ को कार्यालयमा असोज २६ गते विहान ११ बजे बस्ने बैठकको विषय लिएर विवाद यति बेला चर्किएर गएको हो ।

सोही बैठकमा सहभागी हुन आउन लागेको प्रमुख प्रशासकिय अधिकृत बिनित कुमार झालाई ढिकली स्थित ६ नं. वडा कार्यालयमा वडाध्यक्षहरु रमेश मण्डल, उमेश यादव र जगदिश मण्डलले कार्यालयभित्र निस्कन नदिएर बैठकमा उपस्थित हुन नसेकेको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले सञ्चारकर्मीहरुलाई बताए ।

उनका अनुसार २३ गतेको पत्रानुसार २६ गते शुक्रबारका दिन बिहान ११ बजे कार्यपालिकाको बैठक ३ नं. वडा कार्यालय बथनाहामा बस्ने भएकोले प्रमुख प्रशासकिय अधिकृत झाद्वारा हस्ताक्षरित पत्र कार्यपालिका सदस्यहरुलाई पठाएको थियो तर स्वयम अधिकृत उपस्थित हुन नसकेपछि गा.पा. अध्यक्षतामा १४ सदस्यीय कार्यपालिकाका सदस्यहरु मध्ये जयश्वसर किशोर दास, जागेश्वर साह, अनिरुध प्रसाद यादव, सचेन्द्र सरदार, बसन्त खंग, बच्ची देवी सरदार, अरुणा देवी यादव, शान्ति देवी सरदार, जानकी देवी सरदारहरुको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत बिनित कुमार झालाई यस विषयमा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेन ।

सो बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको पत्र अनुसार गा.पा. बथनाहाको कार्यालय बथनाहास्थित वडा नं. ३ बथनाहामा सवै मापदण्ड पुरा भएकोले केन्द्र राख्ने निर्णय गरिएको छ भने वडा नं. ६ को गैर कानूनी रुपमा निर्माण भएको भवनको आवश्यक कानुन कार्यवाही अगाडी बढाउने, वडा नं. ५ को कार्यालय भवन भगवतपुरबाट वडा कार्यालयको कामकाज गर्ने, मासिक आय व्ययको विवरण कार्यपालिकाको बैठकमा पेश गर्ने, गा.पा.का ६ वटै वडा कार्यालय मन्त्रालयको मापदण्ड अनुसार वडा कार्यालयको केन्द्र तोक्ने लगायतको निर्णय भएको अध्यक्ष यादवले बताए ।

यसैबीच महादेवा गाउँपालिका वडा नं. ६ का वडा कार्यालयमा रहेको मोटरसाईकल स्थानीयले प्रयोग गर्दै आएको ६ नम्बर वडा कार्यालय श्रोतले जनाएको छ । वडा नं. ६ का वडा सचिव नवोनाथ मिश्रले प्रयोग गर्दै आएको मोटरसाईकल स्थानीय बजरंगबली आधारभूत विद्यालय ढिकलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार यादवले प्रयोग गरिरहेको वडा सचिव नवोनाथ मिश्रले बताए ।

सो मोटरसाईकल प्रयोग गर्नेले गा.पा. कार्यालयबाट ईन्धन लगायतका सुविधा लिने गरेको गा.पा.का लेखा शाखाका लेखापाल हिरालाल यादवले बताए ।

त्यसैगरी वडा नं. ६ को उपस्वास्थ्य चौकीको अभावका कारण बजरंगबली आधारभूत विद्यालयको कोठाबाट सेवा प्रवाह गरिरहेको स्थानीयबासीले बताएका छन् ।

हाल वडा नं. ६ का वडा कार्यालय रहेको स्थान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वडा केन्द्र राख्ने मापदण्ड अनुसार उचित नभएको बताएको छ ।

अहिले सञ्चाालनमा रहेको सो भवन कोशी पम्प विस्तार परियोजना अन्तर्गतको र व्यक्तिको नाउँमा जग्गा रहेको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले सञ्चारकर्मीहरुलाई बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत