हिम पहिरोमा ज्यान गुमाएका ८ जनाको शव काठमाडौंमा

२८ असोज ०७५, काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिम पहिरोमा ज्यान गुमाएका ८ जनाको शव काठमाडौं ल्याइएको छ ।

आइतबार साँझ मृत्यु भएकामध्ये एक जना म्याग्दीकै बासिन्दा भएकाले उनको शव परिवारलाई जिम्मा लगाई बाँकी ८ जनाको शव काठमाडौं त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थिए । आरोहण टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत