हिम पहिरोमा परी ८ को मृत्यु, १ बेपत्ता

२७ असोज ०७५, बेनी । गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।

काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाटरु म्याग्दीको धौलागिरि गाउँपालिका १ को गुर्जा हिमाल चढ्न गएका ५ जना कोरियन नागरिक र ४ जना नेपाली भरियाहरुको हिम पहिरो र आँधीमा परी मृत्यु भएको हो ।

गुर्जा हिमाल चढ्नका लागि स्थानीय गुर्जा गाउँकै भरियासहित आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।  तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

स्थानीय त्यहाँ पुग्दा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु देखेपछि उनीहरुले शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए ।
गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

डिएसपी बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको र मौसममा खराब भएका कारण शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत