आज नवरात्रको आठौं दिन : महाअष्टमी पर्व मनाउँदै

३१ असोज ०७५, काठमाडौं । आज नवरात्रको आठौं दिन हिन्दू धर्मावलम्बीहरुले नवदुर्गाको पुजा गरी महाअष्टमी पर्व मनाउँदै छन् ।

महाअष्टमीमा मांसहारी हिन्दु धर्मावलम्बीहरुले घर–घरमा खसी, राँगा, सुँगुर, कुखुरा, हाँस, भेडा, च्याङ्ग्रा आदिको बली चढाउँछन् ।

आजको दिन महिलाले पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । यद्यपि, देवी महागौरीको पूजाविधि विभिन्न जातजाति अनुसार फरक–फरक हुने गर्दछ । आजबाट दशैंको रौनक बिशेषरुपमा शुरु हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत