महानवमी सिद्धिदात्री देवीको पूजा आराधना गरेर मनाइँदै

१ कार्तिक ०७५, काठमाडौं । आज नवरात्रीको अन्तिम दिन अर्थात् महानवमी सिद्धिदात्री देवीको पूजा आराधना गरेर मनाइँदैछ ।

नवदुर्गाका नौस्वरुपलाई नवरात्रभर फरक–फरक स्वरुपमा पूजा आराधना गर्नेक्रम आज समापन हुँदैछ ।

दुर्गा माताको नवौं शक्तिको नाम सिद्धिदात्री हो भने सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयको पनि प्रतीक हो । सिद्धिदात्री देवीलाई ब्रह्माण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ ।

आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा गरिन्छ । रातिबाट नवरात्र सकिएसँगै विजया दशमी शुरु हुन्छ साथै भोलि शुक्रबार हिन्दु धर्मावलम्बीहरुले घरघरमा बडा दशैंको टीका–जमरा ग्रहण गरी ठूलाबडाबाट आर्शिवाद लिन्छन् र परिवारजनहरु आपसमा भेला भई सहभोज र रमाइलो गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत