अलग अलग घटनामा परी ३ जनाको मृत्यु

५ कार्तिक ०७५, राजविराज । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई रोडको उत्तर पट्टी ५÷६ मिटर तल खसी दुर्घटना भएको हो ।

सो दुर्घटनामा बसको सहचालक काभ्रे घर भएका ४५ बर्षिय दिपक राई घाईते भई उपचारको लागि सप्तऋषि अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाईत हुनेमा सुनसरीका ३१ वर्षिय सन्तोष लिम्बु, २७ वर्षिया बिता श्रेष्ट , ३५ वर्षिय गोपाल दाहाल, ३० वर्षिया लिला दाहाल, ५ वर्षिया सिजु दाहाल, ५४ वर्षिया जानुका बास्तोला, खोटाङ्ग सतनेत गाउँपालिकाका ३४ वर्षिया सिता राउत , भोजपुरका २४ वर्षिया तारा कार्की रहेका छन ।

घाईतेहरुको उपचारको लागि विभिन्न अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै अग्निसाईर कृष्णासवरण गाउँपालिका १ जण्डौलस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रोबसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख १४५१ नम्बरको हायसले पैदल यात्री सोही ठाउँका ६० बर्षीय अन्दुलाल चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यसैबीच जिल्लाको रुपनी गाउँपालिका का ८ बस्ने गिरधारि लाल साहका २३ वर्षिया श्रीमती सुकुमाया राई आफ्नै घरको सिलिङ्ग फ्यानमा सलको पासो लागाई झुण्डिएर मृत अवस्थामा फेला परेको, जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत