उद्योगमन्त्री यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक गुरीबीच भेटवार्ता

७ कार्तिक ०७५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक फ्रान्सिस गुरीबीच भेटवार्ता भएको छ ।

भेटमा संगठनले नेपाललाई गरिरहेको सहयोगको मन्त्री यादवले प्रशंसा गरेका थिए । साथै वौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारको रुपमा स्थापित गरी वौद्धिक सम्पत्ति संरक्षणप्रति नेपाल गम्भीर रहेको पनि उनले बताएका थिए ।

वौद्धिक सम्पत्ति संरक्षणमा थुप्रै चुनौतिहरु रहेको बताउँदै मन्त्री यादवले वौद्धिक सम्पत्ति सम्बन्धमा आम जनताबीच वृहत जनचेतनाको खाँचो औंल्याए । बौद्धिक सम्पति सम्बन्धी पुरानो कानून पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐनमा काम भइरहेको जानकारी पनि गराएको मन्त्री यादवले बताए ।

त्यस्तै, भौगोलिक विविधता र प्राज्ञिक क्षेत्रमा भइरहेको खोज अनुसन्धानले बौद्धिक सम्पति विशेष गरि पेटेंट र Geographical Indication  सम्बन्धी बालियो क़ानूनले नेपाललाई विश्व मानचित्रमा नयाँ किसिमको पहिचान दिनेछ।

नेपाललाई बौद्धिक सम्पति सम्बन्धित नयाँ क़ानून , जनतचेतना, जनशक्ति निर्माण र यसका लागि चाहिने एकीकृत कार्यालयका निम्ति प्रविधिक/ग़ैर प्रविधिक सहयोगको खाँचो रहेको जानकारी गराएका थिए ।

महानिर्देशक गुरीले आवश्यक जूनसुकै सहयोग गर्न तयार रहेको भनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत