करेन्ट लागेर एक बालकको मृत्यु

३ कार्तिक ०७५, राजविराज । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु भएको शव ।

शनिबार बिहान ११ बजेतिर राजगढ गाउँपालिका ३ कट्टी गाउँ बस्ने १४ वर्षिय बालक उमेश कुमार साहका आफ्नै फुलवारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेरे मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याइएको थियो । तर, अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भइसकेको डा. सुभाष चौधरीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत