काचनमा नवनिर्मित प्रहरी भवनको उद्घाटन

७ कार्तिक ०७५, सप्तरी । बोदेबरसाईन नगरपालिका वडा नम्वर ८ स्थित काचनमा नवनिर्मित प्रहरी भवनको उद्घाटन गरिएको छ ।

बोदेबरसाईन नगरपालिकाको ३५ लाखको लगानीमा नवनिर्मित ४ कोठे भवनको प्रदेश प्रहरी प्रमुख दिनेश अमात्यले उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक अमात्यले जनता मैत्री प्रहरी सेवा दिन प्रहरी प्रतिबद्ध रहेको बताउदै नागरिक र प्रहरी बीचको सम्बन्धलाई थपसुमधुर बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुर्व मन्त्री तथा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिँह यादवले बादेबरसाईन नगरपालिका विकट नगरपालिका मध्ये एक भएकोले ४३ बर्ष पछिको प्रयास पछि काचनमा प्रहरी चौकी स्थापित गर्न सफल भएको बताउँदै  जनतालाई अनुभूति गराउने निकाय प्रहरी रहेकोले जनताले सहज सेवा दिनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनताको सहभागिता बिना प्रहरीको सेवा असम्भव रहेकोले जनता सँग प्रहरी काधमा काध मिलाएर अपराधलाई निरूत्साहित गर्नुपर्ने बताए ।

त्यसैगरी सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्टले सुरक्षा बिना विकास सम्भव नरहेकाले जनताको सहयोग बिना शान्ति सुरक्षा दिन नसकिने बताउँदै सुरक्षा विषयलाई सहज बनाउन स्थानीय निकायको सहयोग आवश्यक रहेको बताए । उनले अवैध मदिरा, अवैध गाजाको बोट, समाजका किरालाई नियन्त्रण गर्न स्थानीय सरकार सक्रिय हुनु जरूरी रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत