पिताको हातबाट लगाए प्रधानमन्त्रीले दशैंको टीका

२ कार्तिक ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान शुभ-साइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले पिताको हातबाट टीका लगाउनु अघि पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफूले बुबाको हातबाट टीका लगाएपछि श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका थिए ।

त्यस्तै, राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइ दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले शितलनिवासमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राज्यमन्त्री लगायते सर्वसाधारणलाइ समेत टीका लगाईदिएका हुन् ।

यसैगरी हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

बडा दशैको अवसरमा पूर्वराजा शाहले शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । निर्मल निबासमा टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत