प्राविधिक शिक्षामा जोड दिनुपर्छ- शिक्षामन्त्री

३ कार्तिक ०७५, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अहिले ७ लाख लाइसेन्सधारी शिक्षक बेरोजगार रहेको बताउँदै शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेकोले अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताउँदै अहिले २५४ विद्यालयमा प्राविधिक शिक्षा सुरु भैसकेको बताए । उनले श्रमलाई सीपसँग, सिपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

त्यस्तै मन्त्री पोखरेलले हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिदा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने भनाइ थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत