सहमतिबाटै प्रदेश प्रहरी भर्ना हुन्छः उपसभामुख देव

८ कार्तिक ०७५, राजविराज । प्रदेश २ का उपसभामुख उपमा देवले संघीय सरकारसँगको सहमतिबाटै प्रदेश २ मा प्रदेश प्रहरी भर्ना हुने बताएकी छिन् ।

बिहीबार सप्तरीको राजविराजस्थित आफ्नै निवासमा दशै, तिहार, छठ र समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

संविधानको म्यानडेट अनुसार प्रदेश २ को सदनबाट प्रदेश प्रहरी भर्ना विधेयक पास गरेको दावी गर्दै उपसभामुख देवले प्रहरी भर्ना गर्ने बारे संघ र प्रदेश सरकार बीच कुनै विवादै नरहेकोले संविधानको पालना गर्नु दुवै सरकारको दायित्व हुने भएकाले सहमतिबाटै प्रदेश प्रहरी भर्ना हुने बताईन् ।

प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ति छ भन्ने सुनिन्छ नि ? भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमति हुनै नसक्ने उनले प्रष्ट पारिन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत