किर्तिपुरमा ढलमा खसेर साइकल यात्रीको मृत्यु

१० कार्तिक ०७५, काठमाडौं । बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१५ चागलका ३८ वर्षीय श्याम श्रेष्ठको खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएका हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले बिहानै अँध्यारोमा साइकल लिएर हिँडेका श्रेष्ठ ढलको मंङ्गाल छोप्नु पर्नेमा नछोपी खुलै राखेका कारण खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएका हुनुपर्ने बताए ।

बिहानै ६ बजे स्थानीयले प्रहरी वृत्त कीर्तिपुरलाई जानकारी दिएपछि प्रहरीले उनको शव खाल्डोबाट निकालेको थियो । दुर्घटना कति बजे भएको भन्नेबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत