सप्तरीमा करिव तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट

१२ कार्तिक ०७५, राजविराज । प्रहरीको गस्ती टोलीले सप्तरीका विभिन्न स्थानबाट बरामद गरेको करिव तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ ।

सप्तरीका विभिन्न स्थानबाट एक साताभित्र बरामद भएको करिव तीन लाख रुपैयाँ बराबरको पटाका सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनी पानी हालेर नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको र भण्डारण गरेर राखेको अवस्थामा पटाका बरामद गरेको थियो ।

प्रहरीले गएराति छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट टाउकोमा बोकी ल्याएको चारवटा ठूलो र सानो वण्डल, हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाबाट गत मंगलबार तीन पोका, राजविराज नगरपालिका ६ स्थित दिपेन्द्रलाल दासको घरबाट गएको सोमबार एक लाख ५० हजार बराबरको पटाका र कात्तिक ३ गते बलान बिहुल गाउँपालिका मौवाबाट ४२ हजार पाँच सय रुपैयाँको अवैध पटाका नियन्त्रणमा लिएको थियो ।

दशैँ, तिहार तथा छठपर्व नजिकिएसँगै सिमानाका भारतीय बजारबाट पटाका लगायतका सामानको चोरी तस्करी गर्ने क्रम बढेको प्रहरी जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत