हत्या आरोपित दुई महिलासहित चारजना पक्राउ

१२ कार्तिक ०७५, राजविराज । सप्तरी प्रहरीले राजविराज नगरपािलका ६ की ४५ वर्षीया एकल महिला आशादेबी देवको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेबी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शंकर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइबीका कारण देबलाई निजकै कोठामा ईटाले टाउकोमा प्रहार गरी हत्या गरेको,  मृतकको टाउकोमा ६ ईञ्च लम्बाई र चार ईञ्च चौडाई गहिरो खत रहेको र रगत लागेको ईटा प्रहरीले बरामद गरेको जनाएको छ ।

देवको बलात्कारपछि हत्या भएको आंशकामा फारेन्सिक परिक्षणका लागि लाशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको छ । मृतको देवको दशैको टिकाका दिन विहान देवकै ओछ्यानमा रक्ताम्य लाश फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको देवको घरको पूर्व सामुन्ने प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्य ज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत