पीपीएल क्रिकेट प्रतियोगितामा टाइटन्सको पहिलो जित

१४ कार्तिक ०७५, कास्की । विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

यसअघिका तीन खेलमा पराजित टाइटन्सले पोखरा रंगशालामा भएको खेलमा बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरी पहिलो जित निकालेको हो ।

टाइटन्सले दिएको १४१ रनको जवाफी ब्याटिङमा बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाएको थियो ।

बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । बुटवलका लागि सागर पुनले २९ र शंकर रानाले २३ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २/२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

यसअघि दुबै खेलमा जित हात पारेको बुटवलको यो पहिलो हार हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत