प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

१४ कार्तिक ०७५, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत्  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

उपचारमा सङ्लग्न चिकित्सक डा.अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ ।

डा.सायमीले भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिने र मुखबाटै खुवाइने जानकारी दिँदै प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको बताए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार आएसँगै बुधबार बिहानै अस्पतालमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली सोमबार बिहान साढे ४ बजे अस्पताल भर्ना भएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीको चियापानमा समेत सहभागी हुनसकेका थिएनन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत