जावलाखेलमा गोदावरी पुष्प मेला सुरु

१५ कार्तिक ०७५, काठमाडौं । ललितपुरको जावलाखेलमा गोदावरी पुष्पमेला सुरु भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १२ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट जावलाखेलको खेल मैदानमा सुरु भएको हो । प्रदर्शनीको उदघाटन प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले  गरेका थिए ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’भन्ने नाराका साथ सुरु भएको प्रतिस्पर्धात्मक प्रदर्शनीमा सहभागी मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् ।

प्रदर्शनीमा स्पाईडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी सहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत