सरकारको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न सुरु

२९ कार्तिक ०७५, काठमाडौं । सरकारको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न सुरु गरिएको छ ।

परिवक्व सूचना जनतामा प्रवाह गराउने उद्देश्यले बिहीबारदेखि पत्रकार सम्मेलनबाट मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न थालिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिवक्व सूचना जनतामा प्रवाह गराउने उद्देश्यल सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन आयोजना गरिने बताए ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले भने– ‘सरकारको निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने हुँदा केही कारणले मन्त्रीले प्रस्ताव फिर्ता लिन चाहेमा समय पाइन्छ । हतारमा गलत न्यूज जानुभन्दा ढिला जाओस्, नबुझेको विषय पत्रकारले प्रवक्तालाई सोधेर गलत सूचना जान रोकियोस् भनेर यस्तो व्यवस्था सुरु गरिएको हो ।’

प्रवक्ता बास्कोटाले सरकारले सूचना प्रवाहलाई व्यवस्थित गर्न मात्र खोजिएको भन्दै निर्णय लुकाउन लागेको आशंका नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै यस्तो व्यवस्था बेलायतलगायत देशमा पनि अभ्यास भइरहेको बताए ।

मन्त्रिपरिषद्को निर्णय अबको दुई सातामा इलेक्ट्रोनिक कपी, फोटोकपी, अडियो, भिडियोसहित दिने तयारीमा आफूहरु रहेको प्रवक्ता बाँस्कोटाले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत