काठमाडौमा फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण

३ मंसिर ०७५, काठमाडौं । काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको छ ।

सोमबार बिहान काठमाडौं महानगरपालिकाको नेतृत्वमा टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा ‘माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया’ मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो ।

यो विधिमा जैविक फोहोरमा प्रयोग गर्ने गरिएको र यो ब्याक्टेरियाले मानव स्वास्थ्यमा कुनै पनि असर नगर्ने इड्मा इन्टरनेशनल कम्पनीको बताएको छ । यो विधिमा निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर दुर्गन्ध हटाउन प्रयोग गरिन्छ ।

परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत