११ मंसिर ०७५, काठमाडौं । मंसिर १४ गतेदेखि १६गतेसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।
मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटमा सवारी जाम नहोस् भनेर गृहमन्त्रालयको निर्देशन अनुसार जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिम विजोर अंक भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ र १६ गते नम्बर प्लेटको जोर अंक भएका गाडी मात्रै चल्नेछन् ।
तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।