सिके राउतको ३ जना स्थानीय नेता पक्राउ

१० मंसिर ०७५ राजविराज । राजविराजमा प्रदर्शनको तयारी गरिरहेको बेला सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ३ जना स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साझ स्थानीय शिव मन्दिरको प्राङगणमा प्रदर्शनको तयारी गरिरहेका बेला गठबन्धनका स्थानीय नेता एवम पूर्व सांसद महेश यादव, राजविराज ७ का नारायण यादव र विष्णुपुर गाउँपालिका १ का महेश प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भवेश रिमालले बताए ।

यता गठबन्धनका प्रचार प्रसार विभाग प्रमुख किसनले रंगभेदी दिवसको अवसर पारेर शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी ३ जनालाई पक्राउ गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत