१३ मंसिर ०७५, राजविराज । सप्तरीमा आमाले गाली गरेपछि आवेशमा आएकी एक बालिकाले आत्मदाह गरेकी छिन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका ४ जगतपुरकी १३ वर्षीया अञ्जली चौधरीलाई आमा गालीले गरेपछि बुधबार साँझ आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी हुन् ।
कञ्चनरुपस्थित इन्टरनेशनल लक्की इङ्गलिश स्कुलमा कक्षा पाँचमा अध्ययनरत अन्जलीलाई उनकी आमा सरीता चौधरीले स्कुल किन नगएको भनेर बुधबार गाली गरेपछि घटना भएको मृतककी दिदी सविना चौधरीले बताइन् ।
जलेर घाइते भएकी अञ्जलीको उपचार गर्न धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नमानेपछि उनलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको र उनको उपचारका क्रममा बिहीबार बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए ।
लाशको कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम भएको निरीक्षक बिष्टले बताए ।
- 5Shares
5